प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारको लागि भारतको मुम्बई लगियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  342 पटक हेरिएको

काठमाडौं, पौष २० ।   

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार मुम्बई लगिएको छ । प्रचण्ड पनि पत्नी सीता दाहालसँगै मुम्बई प्रस्थान गरेका छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार मुलुकको राजनीतिक र पार्टीको बैठक चलिरहेकाले प्रचण्डले यसपल्ट नजान चाहेका थिए । तर, पत्नी सीताले जिद्दि गरेकाले सँगै गएका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मिडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि मुम्बई लैजानुपर्ने अवस्था आएको प्रचण्डनिकट स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार