बेरुजु फछर्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1091 पटक हेरिएको

काठमाडौं, पुस १७ ।

महालेखा परिक्षकले गरेको आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट बनेको छ । नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको हो । गृह मन्त्रालय पनि ७४.४१ र अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फछर्यौट गरेर उत्कृष्ट बनेको छ ।

उत्कृष्ट र सर्वोत्कृष्ट इकाइलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पुरस्कृत गरेका छन् । गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल १०/१० हजार रुपैयाँसहित पुरस्कृत भएका हुन् ।

त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उप–सचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर ८/८ हजार रुपैयाँसहित पुरस्कृत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार