कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  766 पटक हेरिएको

काठमाडौं, फागुन ८ ।

सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री केपी ओलीले राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ। आफ़नै विश्वास पात्रबाट भट्राचार भएपछी नेकपाका दुई अध्यक्ष बिच के गर्ने भन्ने बिषयमा छलफल समेत गरेका छन । दुई अध्यक्ष बिचको छलफलमा राजिनामाको बिकल्प नरहेको समेत बताएको नेकपा स्रोतले बताएको छ ।

बास्कोटा प्रधानमन्त्रीका विश्वास पात्र भिए । मन्त्री भएपछि उनी प्रधानमन्त्रीको निजी निवास बालकोटमा बस्दै आएका थिए । केहि दिन अघि मात्र काभ्रेको एक कार्यक्रममा प्रधानमन्त्रीले बास्कोटाको खुलेर प्रंशसा गरेका थिए । बुधबार स्वीस कम्पनीका एजेन्टसंग कमिसनको बार्गेनिङ गरेको अडियो टेप हाम्रो कुरा अनलाईन न्युजले बाहीर ल्याएका थिए । त्यस पछी यसले राजनीतिमा तरंग पैदा गरेको छ । यस घटनाले सरकार प्रतिको जनबिश्वासलाई समेत घटाएको छ ।

सम्बन्धित समाचारयो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार