कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा पूर्व उप-सभामुख तुम्बाहाङ्फे नियुक्त, आजै सपथग्रहण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1026 पटक हेरिएको

काठमाडौं, फागुन ५ ।

प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएकी छिन्।  उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गरीएको हो । तुम्बाहाङ्फेलाई पहिले नै कुनै मन्त्रिको जिम्मेवारी दिईने भने पनि निर्णय भने गरेको थिएन । उनले यही माघ ६ गते प्रतिनिधि सभाको उससुभामुख पदबाट राजीनामा दिएकी थिइन् । 

संसद सचिवालयकै कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । एउटै पार्टीबाट सभामुख र उप सभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ। 

पहिले राजीनामा नदिने आफैं समामुख बन्ने अडान राख्दै आएकी उनले पार्टीले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी थिइन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार