
काठमांडौ, मंसिर १७ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो।
नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो।
तेस्रो सेटमा पनि नेपालले २५–२१ ले जितेर खेलमा २–१ को अग्रता लियो।
चौथो सेटमा भारतले २५–२१ ले जितेर खेल २–२ को बराबरीमा ल्यायो।

निर्णायक पाँचौ सेटमा भारतले १५–८ ले जित्दै स्वर्ण हात पार्यो।
निकै नै रोमाञ्चक खेलमा पराजित भएपछि नेपाली खेलाडी भावुक बनेका थिए।




870 पटक हेरिएको 
















