कर्णाली प्रदेशका मुख्यमन्त्रि शाही सहमहामन्त्रिमा बद्रि पाण्डेसँग पराजित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  414 पटक हेरिएको

काठमाडौं, पुस २ । 

नेपाली काग्रेसको १४ औँ महाधिबेशन सम्पनन भई हाल निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्रि र सहमहामन्त्रिका ३ क्लष्टरको मत गण्ना सम्पन्न भएको छ । नेपाली काग्रेसको मतपरिणाम अहिलेसम्म हेर्ने हो भने मिश्रित परिणाम देख्न सकिन्छ । अहिलेको महाधिबेशनले परिवर्तित काग्रेस खोजेको प्रष्ट देख्न सकिन्छ । बहालवाला केन्द्रियस्तरका रक्षा मन्त्रि देखि प्रदेश मुख्यमन्त्रि समेत महाधिबेशनमा पाखा लागेका छन ।

यस्तै आज सम्पन्न नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् । उनले कर्णाली प्रदेशका मुख्यमन्त्रि शाहीलाई हराउदै सहमहामन्त्रिमा पाण्डे निर्वाचित भएको हो । शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।

महामन्त्रिमा पराजित नहुदै रक्षा मन्त्रि मिलेन्द्र रिजालले आफ्नो नैतिकताको आधारलाई जनाउ दिदै रक्षामन्त्रिबाट राजिनामा दिई पार्टी भित्र देखिएको अनैतिक राजनितिलाई नैतिकवान दर्शाईसकेका छन यसले पार्टी भित्र सत्ता र शक्ति भन्दा आफ्नो नैतिकता बलवान हुने नेपाली काग्रेस लगायत सम्पुर्ण राजनितिक नेतृत्वलाई सन्देश दिईसकेको छ । कर्णाली प्रदेशको मुख्यमन्त्रि जीवनबहादुर शाहीको भने त्यो नैतिकता हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार