एनआरएनए जापान नागोया क्षेत्रिय कार्यसमितिद्धारा अनलाईन भाषा कक्षा संचालन, रक्तदान कार्यक्रम पनि उल्लेख्य नेपालीहरुको उपस्थितिमा सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1266 पटक हेरिएको

जापान, भदौँ २२ । 

एनआरएनए जापान नागोया क्षेत्रिय कार्यसमितिद्धारा बिबाद र बिभिन्न जटिलताका बाबजुद पनि बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । हालसम्म नागोया क्षेत्रिय कार्यसमितिले नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क जापानीज भाषा कक्षा सन्चालन गर्दै आईरहेको नागोया क्षेत्रिय कायसमितिका सचिब बिष्णु कार्कीले भिजन अनलाईनलाई जानकारी गराउनु भयो । हाल कोरोनाो बिश्वब्यापी महामारीका बिच नेपाली समुदायलाई लक्षित गर्दै भाषा कक्षा संचालन गरेको हो । एनआरएनए नागोयाले निशुल्क जापानी भाषाको सुरुवात गरेको लगभग २ महिना पुगेको छ। कुक , डिपेन्डेन्ट र जापानीज भाषा पढ्न भाषा स्कुल नजानु भएका ब्यक्तिहरुलाइ मध्यनजर गरि सुरुवात गरिएको निशुल्क जापानीज भाषा कक्षा सन्चालनमा ल्याईएको उक्त कक्षामा १४ जना उपस्थिति भई जुम मार्फत अध्यनरत हुनुहुन्छ । भाषा कक्षा दल बहादुर कार्की (प्रतिक) र भानु भक्त पुरिले सन्चालान गरिराख्नु भयको छ भने केहि समस्या परे कार्यसमितिका साथिहरुले साथ दिदै आईरहेको पनि जानकारी गराउनु भयो ।

नागोया क्षेत्रिय कार्यसमितिका संयोजक मनोज बम मल्ले भन्नु भयो सुरुवाति अवस्थामै भाषा कक्षामा यति धेरै मानिसको उपस्थिति देखेर हामिमाझ अज्जै बिभिन्न कार्य गर्न हौसला मिलेको छ र अरु नया कार्यक्रमहरु पनि छिटै ल्याउदै छौ । भाषा पढायको १ र २ महिना पछि निशुल्क पुस्तक बितरण गर्नेकुरा पहिले नै फिक्स गरिएको र आउने हप्ताबाट किताब बितरण गर्ने पनि जानकारि गराउन चाहान्छौ संयोजक मल्लले भन्नुभयो।

साथै एनआरएनए जापान क्षेत्रीय समिति नागोया २०२१/२०२३ ले बिभिन्न सामाजिक कार्यमा तिब्रताका साथ काम अगाडि बढाइरहेको छ। समिति गठन भयको केहि समयमा नै रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । “रक्तदान, जीवन दानू भन्ने मुल नाराका साथमा गैर आवासीय नेपाली संघ, क्षेत्रिय समिती नागोया २०२१/२३ को आयोजनामा गरिएको यस “एन आर एन ए रक्तदान कार्यक्रम २०२१” मा स्वत स्फूर्त उल्लेखनीय रुपमा नेपाली समुदायको सहभागिता भएको पनि जानकारी गारउनु भयो।

कोभिडको कारणले सम्वन्धीत ठांऊवाट वढि जम्काभेट तथा बाक्लो ऊपस्थि नगर्नु होला भन्ने अनुरोधलाई मनन गर्दै, छोटो समय सिमा भित्र गर्नु पर्ने कार्यक्रमको औपचारिक पत्राचार नगरिएको अवस्थामा पनि धेरै ब्यक्तिहरुको उपस्थिति र मायाले अझ साथ र हौसला मिलेको भन्दै संयोजक मनोज बम मल्लले हामि समक्ष खुसि ब्यक्त गर्नु भयो साथै आउने दिनमा अझ राम्रा काम गर्नेमा म लगायत सम्पुर्ण कार्यसमितिका साथिहरु उत्साहित रहेको कुरा जानकारी गराउनु भयो ।

त्यसको लगतै सिन्धुपाल्चोकमा आयको बाढिपहिरो पिडितलाइ सामितिका साथि लगायत बिभिन्न जापानवासि नेपालिले गर्नु भयको सहयोग रकम सन्कलन गरि अत्यन्त आवास्यक समानहरु हेलम्बु गाउपालिका संग समन्वय गरि बितरण गरिएको थियो । जसमा काठमाडौंबाट त्यहाँ सम्म पुर्याउन समाजिक कार्यमा जुटिरहनु भयका बिध्यार्थि साथिहरु प्राकाश खड्का र बिबेक चालिसेले सहयोग गर्नु भयको थियो । खाध्यान्न समान अहिलेलाइ पुगिसकेको अबस्था भयकोले गर्दा बास बस्ने ठाउ आवसेक रहेकोले जस्ता पाता आदि सहयोग गरियको थियो। सहयोगी मन प्रति सधैव आभारी रहेको र धेरै धेरै धन्यवाद ब्यक्त गर्न चाहान्छु साथै आउने दिनमा पनि यसरि नै सहयोग गर्नु हुन्छ भन्ने आशा राखेको छु भन्दै संयोजक मनोज बम मल्लले खुसि ब्यक्त गर्नु भयो।

कार्य गर्दै जादा , कार्यलयको पनि आवास्यकता मनन गरि एन आर एन ए जापानका बिभिन्न क्षेत्रमा कार्यसमिति भय पनि केन्द्र पस्चात पैलो क्षेत्रीय कार्यसमितिको कार्यलय उद्घाटन गरि सन्चालनमा ल्याईएको र आउनेदिनहरुमा बिभिन्न समस्या र बैठक आदि त्यसै कार्यलयबाट सम्पन्न गर्न सक्ने कुरा जानकारी गराउनु भयो । कार्यलय उद्घाटन पस्चात सोहि दिन सम्पुर्ण क्षेत्रका संयोजक ज्युहरु लगायत कार्यसमितिका साथिहरु सङ राखियको रिसेप्सन पार्टिमा सबै क्षेत्रका साथिहरु उपस्थिति हुदा हामि सम्पुर्णलाइ गर्व महसुस गरेका थियौ । अझ भन्नु पर्दा केन्द्रका सम्पुर्ण अग्रज ब्यक्ति र गत ३० तारिकका दिनमा सम्पन्न चुनाबमा उमेदवारी दिनु भयका आदरणीय ब्यक्तिहरुको बाक्लो उपस्थिति थियो । लगभग १२० जनाको हाराहारीमा उपस्थिति रहदा पनि आफुले सक्दो प्रयास गरि सफल भएको जानकारी गराउनु भयो। बिभिन्न क्षेत्रबाट आउनु भयका अतिथि गणहरुको बाक्लो उपस्थितिमा पनि राम्रो कार्यक्रम गरेको भन्दै धन्यवाद ब्यक्त गर्नु भयको थियो।आउनेदिनमा हामि निरन्तर रुपमा सामाजिक काममा तल्लिन रहि अगाडि बढ्ने छौ साथै नागोयामा कसैलाइ समस्या परे ढुक्क सङ हामिलाइ खबर गर्न पनि संयोजक ज्युले अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार