एनआरएनए एनसिसि अष्ट्रियाको निर्वाचन सम्पन्न, अध्यक्षमा भवानी तिवारी सहित प्यानल नै विजयी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  473 पटक हेरिएको

अष्ट्रिया, साउन १७ ।  

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अष्ट्रियाको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा धादिङ्गकी भवानी तिवारी विजयी भएकी छन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गरेको थियो । २०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक हुँदै २०१९ मा भने महासचिव रहेकी तिवारी यो पटक चाहिं अध्यक्षमा विजयी भएकी हुन।

२००५ मा युरोपको साइप्रस पुगेकी तिवारी २०१२ देखि भने अष्ट्रियामा बस्दै आएकी छन्। यो १६ बर्ष देखि युरोपको बसाइले उनलाई नेपाली समुदाय मात्र होइन एनआरएनमा पनि आवद्ध रहदै सामाजिक कार्यमा संलग्न हुदै आएकी छिन । एनआरएनको सुरुवातीका समय देखि नै एनआरएनए लगायत सामाजिक गतिबिधिमा संलग्न रहेकी तिवारीका श्रीमान पनि एनआरएनए एनसीसीका पूर्व अध्यक्ष नै थिए। त्यसैले पनि २००५ देखि नै उनि पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एनआरएनका गतिबिधिमा संलग्न हुँदै आएको बताउँछिन।

यस्तै उपाध्यक्षमा अनिता भुजेल र कुमार अधिकारी निर्बाचित भएका छन । उनिहरुले क्रमशः १८७ र १७० मत पाएका छन भने उपाध्यक्षका अर्का प्रत्यासी डिआर नेपालले १४० मत पाए । निर्बाचन आयोगका अनुसार सचिवमा १८६ मतका साथ रोशन घिसिङ विजयी भए । उनका निकटतम् प्रतिन्द्धन्दी दिनेश बैधवारले १२५ मत पाए । यस्तै सह सचिवमा सरिता नेपालले बाजी मारेकी छिन । उनले निकटतम् प्रतिन्द्धन्दी झविन्द्र अर्याललाई चार मतले पछि पार्दै जित हासिल गरेकी हुन । उनको पक्षमा १५३ मत परेको थियो । यस्तै आइसीसी सदस्यमा विकास कार्की विजयी भएका छन । उनले १९६ मत पाउँदा प्रत्यासी बिनोद चौलागाईले ११६ मत पाएका थिए ।

निर्वाचन परिणाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार