मानव कल्याणकारी संस्था कतार चारेटीद्वारा NRNA NCC कतारको समन्वयमा ठुलो मात्रामा स्वास्थ्य सामग्री सहयोग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  623 पटक हेरिएको


कतार, साउन १० । 

बिश्व कोरोना भाईरसबाट आक्रान्त भई रहेको अबस्थामा यसको रोकथाम र नियन्त्रणको लागि मानब जगत संघर्ष गरीरहेको अबस्था छ । यस विषम परिस्थितिमा बिश्व भर आन्तरिक तथा अन्तरदेशिय साझेदारी अनुरूप विभिन्न किसिमको सहयोग गर्दै पनि आइरहेको छ । नेपालीहरु बिभिन्न रोजगार, ब्यबसाय र अध्ययनको रूपमा बिभिन्न देशमा छरीएर रहेका छन । यसै सन्दर्भमा बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान व्यबहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाउदै आएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुलाई प्रभावकारी बनाऊन मानव कल्याणकारी संस्था कतार चारेटीद्वारा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा २०० बक्स (१००*३०=६००० पीस ठूलो साईज) र १०० बक्स (१००*१४४=१४४०० पीस सानो साईज) टोटल ३०० बक्स (२०४०० पीस) नेपालि समुदायको लगि सेनिटाईजर उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कतारका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले भिजन अनलाईन न्युजलाई जानकारी गराएका छन ।

उक्त प्राप्त सहयोगलाई कतारका बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूलाई बितरण गर्ने जनाएको छ । उक्त प्राप्त स्वास्थ्य सहयोग ठुलो मात्राको रहेकोले यसले नेपाली समुदायलाई ठुलो राहत पुग्ने पनि जनाएको छ । उक्त प्राप्त सहयोगको विवरण सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गर्दै अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले प्राप्त भएको सम्पूर्ण सबैमा जानकारी समेत गराएका छन ।

कतार सरकार तथा उक्त सेनिटाईजर उपलब्ध गराऊने कतार चारेटी तथा क़तार च्यारिटिका सम्पूर्ण पदाधिकारीहरूलाई मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष तथा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारको तर्फबाट हार्दिक आभार तथा धन्यबाद समेत दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार