
काठमाण्डौँ, असार ५ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो। यसै गरी ३ हजार ६६० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेका छन् । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।




1330 पटक हेरिएको 
















