गण्डकी प्रदेशको मुख्यमन्त्रिमा नेपाली काग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  436 पटक हेरिएको

पोखरा, जेठ २९ ।

लामो संघर्ष पछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपाली काग्रेसका संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए । प्रत्यक्ष शशरिर उपस्थित रहेका बिपक्षी गठबन्धकका सांसदहरुलाई हेरौला भन्ने जबाफ दिएका प्रदेश प्रमुखले केन्द्रको ओलि कै शैलि दोहोर्याउने रणनितिमा रहेको स्पष्ट देखिन्थ्यो । केन्द्रको ओलि प्रबृद्धि देखिएको गण्डकी प्रदेशमा मुख्यमन्त्रिमा बिश्वासको मत नपाएका पृथ्बिसुब्बा गुरुङ्गले पनि आफुसँग बहुमत सांसदको समर्थन रहेको बन्दै आफ्नो दाबि गर्न पुगेको थियो । नेकपा एमाले ओलिको केन्द्र देखि प्रदेशसम्म लज्र्जास्पद गतिबिधिले नेपाली राजनितिको समेत धज्जी उडाईरहेको छ ।

प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन्। तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए। नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

२००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका पोखरेल २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बने। आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए। २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन्। उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्।

४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन् । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा। शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार