अफुलाई समर्थन नगरेको भन्दै मुख्यमंत्रि गुरुंगद्वारा खेलकुद मन्त्रि हटाईए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  490 पटक हेरिएको


पोखरा, जेठ २८ । 

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार साँझ मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराएको प्रेस संयोजक बिक्रम न्योपानेले सेतोपाटीलाई जानकारी दिए।

मुख्यमन्त्री गुरुङले बिहिबार संसदबाट विश्वासको मत लिँदा मन्त्री मनाङे अनुपस्थित भएर सम्पर्कबिहिन भएका थिए। सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।  यता राजीव गुरुङले भने आफै सरकारमा बसेर संसद भंग गर्न अग्रसर देखिएकोले मुख्यमन्त्रि गुरुंगलाई साथ दिन नसकिने बताएका छन ।

पदमुक्त गरीएको पत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार