
काठमाडौं, जेठ १३ ।

सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा कानस्नबिदहरुसँग परामर्श जारी राखेका छन् । यसअघि पूर्वसभामुखहरुसँग परामर्श गरेका सभामुखले बिहीबार संविधान, कानून र न्यायिक क्षेत्रका विज्ञ, विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श गर्न लागिएको सभामुखको सचिवालयले जनाएको छ ।
परामर्शका लागि नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु, वरिष्ठ अधिवक्ताहरु लगायतलाई बोलाइएको जनाएको छ । सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर संसद विघटनलाई असंवैधानिक भनेका छन् । आज जारी संबिधानबिद लगायतका कानुनबिदहरुसँग जारी परामर्शमा कानुनबिदहरुले मिश्रित जबाफ दिएका छन । अधिकांश उपस्थित कानुनबिदहरुले आफ्नो भनाई राख्दै प्रधानमन्त्रि र राष्ट्रपतिद्धारा बिघटन प्रतिनिधि सभा नै गैरकानुनी रहेको जनाएको छ ।
यस्तो अवस्थामा पनि संसद जिउँदो रहेको पनि कतिपय कानुनबिदहरुको जिकिर रहेको छ । यस्तो अबस्थामा पनि संबिधानमा रहेर सभामुखले संबिधानको परिधि भित्र रहेर राष्ट्रपति सामु संसद अधिबेशन बोलाउन सक्ने ब्यबस्था रहेको बताएका छन । आजबाट सर्बोच्चमा दायर रिट माथि पनि छलफल रहेकोले सो बिषयमा पनि सर्बोच्चमा बहस हुने कानुनबिदहरुले जनाएको छ ।




946 पटक हेरिएको 
















