प्रधानमन्त्रि ओलिलाई भेटेकै हो, साझा सरकार गठन गरी निर्वाचनमा जान सुझाब दिएको भट्टराईको स्पष्टौति

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  472 पटक हेरिएको

काठमाडौं, जेठ २ ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन् । ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार ट्वीटरमार्फत् यो कुराको खुलासा गरेका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् । उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।

एमाले नेता महेश बस्नेतले ऋषि धमलासंगको अन्तरवार्ताको क्रममा अन्तिम पटक प्रधानमन्त्रि बनाईदिन अनुरोध गर्न भट्टराई प्रधानमन्त्रि भेट्न गएको भन्ने गलत प्रचारलाई खण्डन गर्दै साझा सरकार गठन गरी चुनावमा जान प्रधानमन्त्रि ओलिलाई भनेको तर ओलि नमानेको प्रतिक्रिया दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार