काठमाडौं, पुस १३ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन फेरिएको छ । यसअघि अरु नेताहरुसँगै बस्दै आएका उनी आइतबारको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बसे ।
प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलो पटक सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्षद्वयका लागि छुट्टै कुर्सी थियो ।कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसंगै अध्यक्ष प्रचण्ड र ओलीको बर्गीएता पनि समान रहेको पाईयो ।
सचिवालयका अरु नेता दुई अध्यक्षको दायाँबायाँ राखिएका कुर्सीहरुमा बसेका थिए ।
यसअघिका बैठकहरुमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली एउटा छुट्टै सोफामा बस्थे भने अर्का अध्यक्ष प्रचण्ड अरु नेतासँगै बस्थे ।
कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा यसअघि पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा अर्का अध्यक्ष केपी ओली सहभागी थिएनन् ।