चीनका बिजुली बस निर्माण कम्पनीका सिइओ पुगे महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1493 पटक हेरिएको

काठमांडौ, पुस १० ।

चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्। सिचुवान  गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित  पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्।

च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। उनले सुझाव दिनुको साथै विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। ‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ उनले भने।

पछिल्लो समय नेपाली बैज्ञानिक डा.महाबीर पुनद्वारा निर्मित राष्ट्रिय आबिष्कार केन्द्रमा बिश्व बजारमा आफ्नो देशको सामग्रीको व्यापार गर्न सफल राष्ट्र र शक्तिशालि राष्ट्र अमेरिका, चीन र अष्ट्रेलियाका चर्चित बिश्वबिध्यालय र निर्माण कम्पनी समेत राष्ट्रिय आबिष्कार केन्द्रको अवलोकन भ्रमणमा आएका छन । तर पनि नेपाल सरकारले नेपाली बैज्ञानिक डा.महाबीर पुनको योजना तथा राष्ट्रिय आविष्कार केन्द्रको भावी योजना र दिगो विकासको निम्ति कुनै चासो र सहयोग गरेको देखिदैन ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार