अमेरिकाका हार्वर्ड बिश्वबिध्यालयका बिध्यार्थी राष्ट्रिय आबिष्कार केन्द्रको अबलोकन भ्रमणमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1335 पटक हेरिएको

काठमांडौ, पुस ६ ।

नेपाली बैज्ञानिक महाबीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रमा अमेरिकाको Harvard University को Harvard Business School र Harvard Kennedy School का १५ जना बिद्यार्थीहरु अबलोकन भ्रमणमा आएका छन । बिश्वका बिश्वबिध्यालयहरूको ध्यान केन्द्रित गर्न सफल राष्ट्रिय आबिष्कार केन्द्रमा नेपाल सरकारको भने ध्यान गएको छैन । नेपाल सरकारले महावीर पुनद्वारा स्थापित आविष्कार केन्द्रलाई उपेक्षा गरेको देखीन्छ । विभिन्न क्षेत्र बैक तथा सरकारसंग आबिष्कार केन्द्रलाई केही सुविधा सम्पन्न गर्न सरकार लगायत बैक तथा बित्तिय संस्थाहरूसंग ऋिण मागेको तर कहिबाट सहयोग नपाएपछी सामाजिक संजाल फेसबुकबाट बिश्वभरी छरीएर रहेका नेपालीहरूसंग पछी तिर्ने गरी ३ करोड सहयोग गर्न अपिल गरेका थिए । उक्त अपिललाई सहर्ष स्वीकार गरी बिश्व भरी बाट राष्ट्रिय आबिष्कार केन्द्रलाई बिना ऋिण निशुल्क सहयोग आउन थालेको छ । त्यस्तै सामाजिक अभियन्ताहरूबाट पनि सहयोग संकलन शुरू भएको छ ।

उक्त नेपाली राष्ट्रिय आबिष्कार केन्द्रमा आज अमेरिकाको Harvard University को Harvard Business School र Harvard Kennedy School का १५ जना बिद्यार्थीहरुसंग आज राष्ट्रिय आविष्कार केन्द्रमा अन्तरक्रिया कार्यक्रम भएको नेपाली बैज्ञानिक महाबीर पुनले जनाएको छ । बिश्व प्रसिद्ध Harvard University स्थापना भएको ३८४ बर्ष भएको छ। मैले आज उनीहरु सामु भनेको कुरा यस प्रकार छ । Harvard University लाई अहिलेको अबस्था सम्म आउन ३८४ बर्ष लाग्यो भने हामीले हाम्रो राष्ट्रिय आविष्कार केन्द्रलाई त्यो भन्दा राम्रो बिश्व बिध्यालय १०० बर्ष भित्रमा बनाउने छौं । आजको यो आविष्कार केन्द्र नेपालको लागि भविष्यको हार्वर्ड बिश्वबिद्यालय हो ।

उक्त बिश्व बिद्यालय स्थापना हुँदा एउटा सानो कलेजको रुपमा स्थापना भएको थियो । उक्त कलेजको नाम John Harvard को नाममा राखिएको हो किन भने उनले त्यति बेला £779 नगद र 400 किताबहरु कलेजलाई दान गरेका थिए । सो बिश्वबिद्यालयबाट हालसम्म ८ जना अमेरिकाको राष्ट्रपतिहरु, १६० जना नोबेल पुरस्कार बिजेताहरु र अहिले सम्म १८८ जना बाँची रहेका अरबपतिहरु छन्. हामीले पनि त्यस्तै गर्ने उदेश्य लिएको बैज्ञानिक महाबीर पुनले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार