काठमाडौं, पुस ११ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी जापान २०१९-२०२१ कार्यसमितिका निबर्तमान कार्यबाहक अध्यक्ष अनिता गुरुंग सहितका टिमले निष्पक्ष निर्वाचन नभएसम्मको लागि अघिल्लो कार्यसमिति नै सक्रिय गर्ने निर्णय गरेको थियो । सोपश्चात हिजो बसेको उक्त टिम गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी जापानले विभिन्न ९ बूँदे निर्णय गरेको छ । अर्को निष्पक्ष निर्बाचन नहुन्जेलसम्म २०१९–२०२१ को कार्यसमितलाइ नै निरन्तरता दिइएसँगै बसेको संघको बैठकले ६ महिना भित्र ०२१–२३ कार्यकालको लागि निर्वाचन गर्ने वातावरण बनाउने घोषणा गरेको छ ।
एनसिसी जापान १०१९–२०२३ कार्यसमितिकी कार्यवाहक अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा बसेको बैठकले पुनः निष्पक्ष निर्बाचन नहुन्जेलसम्म एकजुट भएर संस्थाको हितको लागि सक्रिय रहँदै समस्यालाइ समाधान गर्दै सबै नेपाली एकजुट हुन हार्दिक अपिल गरेको छ । साथै २०२१ जुलाई ३० तारिकको धाँधलीपुर्ण निर्वाचनका कारण पर्न गएको असहजताप्रति क्षमा मागेको छ ।
यस्तै बैठकले क्षेत्रिय समितिहरुसंग समन्वय गरि एक क्षेत्र एक परियोजना लागु गर्दै योजनाको १० प्रशितश रकम राष्ट्रिय कमिटिले व्यवस्थापन गर्ने गरि लागु गर्ने, एनआरएनए जापानको बिधानमा सुरक्षित गरे अनुरुप क्षेत्रिय समितिहरुको रकम तत्काल भुक्तानी गर्ने र क्षेत्रिय कमिटिको स्तरोन्नतिका लागि थप रकम बिनियोजन गर्ने, धाँधलीपूर्ण निर्वाचनको कारण देखिएका दुबै पक्षलाइ उचित सम्बोधन हुने गरि निष्पक्ष निर्वाचन गर्ने काममा अगाडि बढ्ने त्यसको लागि आईसिसि, अग्रज र सरोकारवालासँग समन्वय गर्दै सहयोग लिदै ६ महिना भित्र २१–२३ कार्यकालको लागि निर्वाचन गर्ने वातावरण बनाउने, धाँधलीपूर्ण निर्वाचनले नेपाली समुदायमा देखिएको अन्योलपूर्ण स्थितीलार्इ उचित सम्बोधन गर्दै अगाडि बढ्ने, तत्काल २१–२३ को लागि आईसिसि महाधिवेसन प्रतिनिधि पठाउने सम्वन्धमा अध्यक्ष मण्डलसंग समन्वय गरि नामावली पठाउने लगायत महत्वपूर्ण निर्णय गरेको छ ।
परिषदकी का. अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा बसेको बैठकका निर्णयहरुको विज्ञप्ति ः-




532 पटक हेरिएको 
















