बेलायतमा नया कोरोना संक्रमण फैलीयो, बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  753 पटक हेरिएको

काठमाडौं, पुस ७ । 

सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति बैठकले बेलायतमा कोरोना संक्रमण निकै बढेको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

त्यस्तै उक्त देशबाट नेपाल आउनका लागि भिषा जारी नगर्ने र नेपालमा प्रवेशाज्ञा रोक लगाउने निर्णय भएको छ । यस्तै बुधबारसम्म ट्रान्जिटमा रहेका नागरिकलाई नेपाल आएपछि १० दिनसम्म होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको उनले बताए । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार