काठमाडौं, मंसिर २७ ।
सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ ।
प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता रकम भने उल्लेख गरिएको छ । गत वर्ष लिगको प्रत्यक्ष प्रसारण एपी वानले गरेको थियो ।
एन्फा अध्यक्ष शेर्पाका अनुसार लिग , राष्ट्रिय लिग र नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल खेलको लागि नेपाल टेलिभजनसँग सम्झौता भएको जानकारी दिए । लिगका कम्तीमा ३२ खेल, राष्ट्रिय लिगका कम्तीमा १० खेल र अन्तर्राष्ट्रिय सबै खेल एनटिभीले प्रत्यक्ष प्रसारण गर्ने सम्झौतामा उल्लेख रहेको बताइएको छ । त्यस बाहेक साताको एक पटक फुटबल सम्बन्धि कार्यक्रम एनटिभीले प्रसारण गर्नेछ ।
गत वर्ष एपि वानले ३० लाख रुपैयाँमा सम्झौता गरेको थियो । यसपटकको लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सन्चालन हुने जनाइएको छ ।