एनआरएनए कतार र राजदूतावासको संयुक्त आयोजनामा भिषा सम्बन्धि बिशेष अभिमुखीकरन कार्यक्रमको आयोजना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  591 पटक हेरिएको

कतार, मंसिर १८ ।   

गैर आवासीय नेपाली संघ कतार र नेपाली राजदूतावास कतारको संयुक्त आयोजनामा कतारमा भिषा सकेर वा अन्य कुनै कारणले अवैध रूपमा कतारमा बसिरहेका नेपाली समुदायलाई लक्षित गरी बृहत अभिमुखीकरन कार्यक्रमको आयोजना गर्ने भएको छ । यही डिसेम्बर १० तारिक शुक्रबारको दिन जुम भर्चुअल माध्यमबाट नेपालीहरू लक्षित कार्यक्रम गर्न लागिएको गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मदमुक्तदा मुसलमानले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको हो ।

गैर आवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै कतारमा अवैध रूपमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई दीदीबहिनीहरूलाई सहभागी हुन अपिल गर्नु भएको हो । गैर आवासीय नेपाली संघ कतारद्वारा जारी विज्ञप्ति जस्ताको तस्तै साभार गरेका छौ ।

आदरणीय कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख / प्रतिनिधि ज्यूहरू साथै सम्पूर्ण कतारबासी नेपाली हरुमा बिशेष अनुरोध, अससलामोआलैकुम एवम हार्दिक नमस्कार !

विषय: कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध।

उपरोक्त सम्बन्धमा नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सयुक्त आयोजनामा कतारमा अबैध रुपमा रहेका आप्रवासी कामदारहरुलाई बैध हुनका लागि कतार सरकारले हाल लागू गरेको ब्यवस्था सम्बन्धी नेपाली समुदायको लागि सचेतना कार्यक्रम तल उल्लेखित मिति र समयमा भर्चुअल अनलाईन मार्फत तय गरिएको जानकारी गराउदै सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।

तपसिल
मिति: १० डिसेम्बर २०२१, शुक्रवार
समय: दिनको १२:३० बजे देखि
मिटिङ आईडी: ८६१४५२३८१०४
मिटिङ पासकोड: २०२१

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार