चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा भब्य स्वागत, आजै राष्ट्रपति र प्रधानमन्त्रिलाई छुट्टाछुट्टै भेट गर्ने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  129 पटक हेरिएको

काठमाडौं, मंसिर १४ ।  

नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । नेपालको एक दिने औपचारिक भ्रमणमा आएका चीनका रक्षा मन्त्रिले नेपाली सेनाको जंगी अड्डाको अवलोकन गरेको हो ।

भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो । रक्षामन्त्री फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार