चितवन, मंसिर १२ ।
नेकपा एमालेको १० औँ महाधिबेशनको आज तेस्रो दिन अर्थात अन्तिम दिन आज एमालेले आगामी ५ बर्षको लागि नयाँ नेतृत्व चयन गर्दै छ । नेकपा एमालेको हिजो बसेको बन्द सत्रले नयाँ नेतृत्व तथा पदाधिकारी चयनको सम्पुर्या जिम्मेवारी अध्यक्ष के.पी शर्मा ओलिलाई दिएको छ । फलस्वरुप आज बिहानै देखि एमाले अध्यक्ष ओलि बिभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुसँग एकल र सुंक्त छलफलमा ब्यस्त छन । त्यस भित्र पनि एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन् ।
१० भाई मध्ये उपाध्यक्ष भिम रावलले नेकपा एमालेको आगामी नेतृत्वका लागि आफ्नो अध्यक्ष पदमा उम्मेद्धारी नै घोषणा गरी सकेको अबस्थामा ओलिलाई पदाधिकारी ब्यबस्थापन सहितको सर्वसम्मत नेतृत्व चयन गर्न सकस परेको देखिन्छ । उता आफ्नै पक्षका नेताहरुको ब्यबस्थापन गर्न नसकिरहेको अबस्थामा १० भाई पक्ष र नेकपा माओबादी परित्याग गरी एमालेमा बसेका नेताहरुको ब्यवबस्थापन गर्न अत्यन्तै सकस परेको देखिन्छ । तर पनि माओबादी छाडी एमालेमा बसेका नेताहरुको भने हालसम्म ओलिसँग कुनै बार्गेनिङ्ग नरहेको जनाएपनि दोस्रो बर्गिएताको माग गर्दै आईरहेका रामबहादुर थापा बादलको बर्गिएता के हुन्छ भन्ने पुर्व माओबादी धारका नेताहरुको ध्यान त्यता तानिएको भने प्रष्ट देख्न सकिन्छ ।
उता ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन् । स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन् । आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन । ‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन् । एमाले महाधिबेशन स्वयमसेबकले भीम रावल समर्थक नेता कार्यकर्तालाई बन्दसत्र हल भित्र पर्चा नबाढ्न चेतावनी दिदै हलबाट बाहिर निकालेका छन ।