काठमाण्डौँ, मंसिर १० ।
नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा भोलि एकसाथ अधिवेशन गर्दैछ ।
अधिवेशनको प्रचार प्रसार देखि व्यवस्थापकीय तयारीका काम पूरा भएको पार्टीले जनाएको छ । सके सर्वसम्मत सर्वसम्मत नभएको अबस्थामा लोकतान्त्रिक पद्धति निर्वाचनमार्फत पालिकाको नेतृत्व चयन गरिने माओवादी केन्द्र, जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले बताउनुभयो । निजका अनुसार सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी अधिवेशनबाट निर्वाचित हुनेछ । जसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्वको व्यवस्था छ ।
पालिका तहको निर्वाचनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन भई क्रियाशील रहेको संयोजक गैरेले जानकारी दिनुभयो । सर्वसम्मत नेतृत्व चयन हुँदा पनि निर्वाचनको सबै विधि र प्रक्रियालाई अबलम्वन गरिने उहाँको भनाइ छ । माओवादी केन्द्रले यसअघि गाँउ, टोल, नगर कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । गत शनिबार देशभरका वडाहरुमा एकसाथ अधिवेशन भएको थियो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको नेता गैरेले बताउनु भयो ।
वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने नेकपा माओबादी केन्द्रले यस अघि नै निर्णय गरिसकेको छ ।