नायिका शिल्पा पोखरेल अदालतमा हाजिर, साधारण तारेखमा छाड्न आदेश

  भिजन अनलाईन न्युज सम्बाददाता प्रकाशित:  2596 पटक हेरिएको

काठमाडौं, कात्तिक, २९ । नायिका शिल्पा पोखरेल आज अदालतमा हाजिर भएका छन । प्रहरी प्रशासनमा बहुबिबाहको मुद्दा परेपछी उनी मिडिया र प्रहरीको सम्पर्कमा आएकि थिईन ।

हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको थियो । तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् ।

जिल्ला अदालत, काठमाडौंमा शुक्रबार हाजिर भएकी पोखरेललाई बहुविवाद सम्बन्धी मुद्दामा अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पुष्टि गरे ।

तर निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

पोखरेल र निर्माता ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार