काठमाडौं, कात्तिक, १८ ।
हिजो राति ११ः४७ बजे गएको भुकम्पमा परि हालसम्म जाजरकोट जिल्ला र रुकुम पश्चिममा गरि मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।
सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचारका लागि लगिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर क्षति भयो भन्ने विषयमा सरकारले हालसम्म आधिकारिक सूचना दिएको छैन । केहि घाईतेहरुको अबस्था चिन्ता जनक रहेको समेत गृह मन्त्रालयले जनाएको छ । भुकम्प प्रभाबित जिल्लाहरुमा उद्दारकार्य पनि जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले भुकम्पमा परि घाईते भएका जनताको उपचारको लागि केन्द्र सरकार मार्फत थप स्वास्थ्य कर्मी भुकम्प प्रभावित जिल्लामा खटाईएको पनि सरकारले जनाएको छ भने भुकम्प प्रभावित जिल्लाको भुकम्प पिडितहरुको लागि तत्कालिन राहतको लागि बाग्मति प्रदेश सरकार, सुदुरपश्चिम सरकारको तर्फबाट आर्थिक प्याकेजको द्धोषणा गरेको छ भने बिभिन्न देशले पनि भुकम्प प्रभावितको लागि आर्थिक तथा भौतिक सहायता गर्ने प्रतिबद्दता जनाएको समेत सरकारले जनाएको छ ।