काठमाडौं, असोज १८ ।
राष्ट्र प्रमुखले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने राजतन्त्रले चलाएको चलन गणतन्त्र कालमा पनि कायम छ । पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरिरहेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले भने सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
‘टीका र प्रसाद प्रदान कार्यक्रम भन्दै राष्ट्रपति कार्यलयले दुईथरि कार्यक्रम राखेको छ । विजया दशमीको दिन राष्ट्रपतिले दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ । तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम राखिएको छ । गणतान्त्रिक नेपालका राष्ट्र प्रमुखले जहाँबाट यो चलन सिके त्यो चलन चलाउने पूर्व राजा ज्ञानेन्द्रले भने यस पटक सर्वसाधारणलाई टीका नलगाइदिने बताएका छन् ।
बढिरहेको डेंगुलाई कारण देखाउँलै उनले टिका नलगाउने बताएका हुन् । डेंगुकै कारण उनले यो दशैंमा शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् । तर, राष्ट्रपतिले भने ९ जना कन्यालाई कार्यलयमै बोलाएर नवदुर्गादेवीको पूजा गरिन् ।पूजाका लागि बोलाएकी कन्याहरुलाई दक्षिणासहित टीका लगाएर लत्ताकपडा समेत उपहार दिइएन ।