काठमाण्डौं, असोज १८ ।
नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस ९कोभिड(१९० पुष्टि भएको छ। देशभर १२ हजार ७८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेका छन् । संस्थागत आईसोलेसनमा १० हजार ३२६ जना मात्र रहेका छन् भने बाँकी सबै होम आईसोलेसनमा रहेका छन् ।
उपत्यकामा १५९९ जना थपिएका छन् । १३२९ जना २४ घण्टामा डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् ।