माओवादी केन्द्र नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न, तिमल्सिना र थापाको नेतृत्वमा नया कार्यसमिति गठन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  687 पटक हेरिएको

 काठमाडौं, असोज १७ ।   

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ काठमाडौं सम्पर्क समन्वय समिति अन्तरगत नीलकण्ठ १० र ११ को दोस्रो भेला सप्पन्न भएको छ । काठमाडौंको गार्डन होटेलमा शनिबार भएको भेलाले साबिकको ज्यमरुङ्ग गाविस तथा नीलकण्ठ १० र ११ को काठमान्डौँ सम्पर्क समन्य अन्तर्गत निलकण्ठ १० र ११ (काठमान्डौँ सम्पर्क समन्वय समितिको दोस्रोले पार्टीको संगठनको जिम्मेवारी तथा पदाधिकारी सदस्यता चयन गरेको छ ।

काठमाँड़ौमा बस्ने करिब १६० भन्दा बढिको उपस्थितिमा सम्पन्न भेलाले वार्ड न.१० मा शिब तिमल्सिनाको अध्यक्षतामा र वार्ड न ११ मा भाइराम थापाको अध्यक्षतामा ३/३ सदस्य पछि थप्ने गरि २५/२५ सदस्य कार्यसमिति चयन गरेको छ । त्यस्तै दुवै भेलाले वार्डमा सल्लाहाकार समिति समेत चयन गरेको नेकपा माओबादी केन्द्रका नेता कमल सापकोटाले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले चुनावको समय आउन लागेकाले पार्टीको संगठन विस्तार र निमार्णमा जोड निदुपर्ने धारणा व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सांसद पुष्पविक्रम मल्लले अबको राजनीतिको मियो युवा भएकाले सकारात्मक सोचका साथ युवालाई राजनीतिमा होमीन आग्रह गरे । ससक्त राजनीतिका लागि समय सापेक्ष काम गरि समाजलाई एकिकृत बनाई अगाढि बढ्नु पर्नेमा जोड दिए । नेपालको राजीनितिप्रति अन्तराष्ट्रिय शक्तिको चासो बढेकाले राजीतिक ध्रुविकरण भन्दा पनि राष्ट्रियताको सवालमा गम्भिर बन्नु पर्नेमा नेता मल्लले जोड दिए । उनले मिलेनीएम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जति खेर पनि पास हुनसक्ने भएकाले यस्तो राष्ट्रघाती सम्झौता प्रति जनता संधै सचेत हुनुपर्ने बताए । उनले देशलाई रक्षात्मक अवस्थामा राख्न नेपाल भारतबीचको १९६३ को राष्ट्रघाती सम्झौता खारेज हुनुपर्ने धारणा व्यक्त गरे । उनले धादिङ्ग गोरखा लगायत जिल्ल्लाको वायु गुठि समस्यालाई सबै पार्टीको समन्वयबाट निकास दिनुपर्ने बताए ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेत्री तथा पूर्व मन्त्री कल्पना धमलाले गणतान्त्रीक व्यवस्था र संविधानको रक्षाका लागि समाजदावी क्रान्ति आजको आवश्यकता भएको बताए । देशको मुल राजनीति माओवादी केन्द्रको हातमा रहेकाले यसलाई आगाडि बढाउन जनविश्वसका साथ काम गर्नेुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र नेता, वरिष्ठ पर्यटन व्यवसायी, उद्यमी व्यवसायीक कमिटीका अध्यक्ष तथा उपत्यका बिशेष कार्यालय सदस्य कमल सापकोटाले धादिङ्ग नीलकण्ठ १० र ११ को दोस्रो भेलाले पार्टीको संगठनात्मकम विस्तारलाई जोड दिएको बताउँदै पार्टीको मुल जरो युवा पुस्ता भएकाले सचेत, जुजारु र सक्रिय राजनीति गर्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेत्री तथा नेपाल पर्यटन वोर्डका सदस्य पम्फा धमला, जिल्ला सदस्य सरला धमला, जिल्ला सदस्य चन्द्र बहादुर लम्साल, नीलकण्ठ ११का वार्ड अध्यक्ष तिलक बहादुर थापा मगर, नीलकण्ठ ११ का पार्टी अध्यक्ष शिब कमाुर श्रेष्ठ, गुठि संघर्ष समितिका संयोजक इश्वरी बहादुर लम्साल लगागतका नेताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार