
जापान, असोज १६ ।

मिति २०२१ अक्टोबर १ तारिख नेकपा एकीकृत समाजबादी पार्टी सम्बद्ध जापानको राष्ट्रीय संगठन कमिटीको निर्माण तथा घोषणा कार्यक्रम पार्टी पोलिटब्युरो सदस्य तथा प्रबास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्यतामा र प्रबासी नेपाली मन्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा प्रबासी नेपाली एकता मन्च अस्ट्रेलियाका अध्यक्ष राजन बस्नेत अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि श्रीप्रसाद शाहले बर्तमान राजनैतिक परिस्थितिको बारेमा र प्रबासमा पार्टीको भूमिका सम्बन्धमा प्रकाश पार्दै नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भयो र कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण समेत गराउनु भएको थियो।
अतिथि राजन बस्नेतले प्रबासका कमिटीहरु बीच हातेमालो र सहकार्यमा जोड दिनु भयो । कार्यक्रममका सभापति कृष्ण खड्काले संगठनको ढांचा र नेतृत्व सम्बन्धमा आफ्नो सुझाव राख्दै नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिनु भयो । सागर रिजालको नेतृत्वमा ३५ सदसिय प्रबासी नेपाली एकता मन्च राष्ट्रिय संगठन कमिटीको निर्माण भयो । पद तथा नामावली यसप्रकार छन् । कमिटीको सल्लाहकारमा कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागर मणि भण्डारी चयन हुनुभएको छ ।
जुम भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रमको सञ्चालन भने सागर रिजालले गर्नु भएको थियो र सहभागी सबै कमरेडहरुले परिचय सहित आ-आफ्नो धारणाहरू राख्नु भयो । अत्यन्त सौहार्दपूर्ण र उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको नवगठित कार्यसमितिका सचिब सचिन नेम्बाङ्गले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको थियो ।



773 पटक हेरिएको 
















