उच्च अदालत पाटनले दियो टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन अन्तरिम आदेश

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  289 पटक हेरिएको

काठमाण्डौँ, असोज २ ।  

जयनेपाल हलदेखि फेला परेको पुरानो टुकुचा खोलमाथि बनेका संरचना भत्काएर खोलालाई प्राकृतिक रुपमा फर्काउने प्रयासमा लागेको काठमाण्डौँ महानगरपालिकालाई तत्काल खोलामाथि बनेको संरचना नभत्काउन पाटन उच्च अदालतले अन्तरीम आदेश दिएको छ । उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन अन्तरिम आदेश गरेको हो । सोही निवेदनमा आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ । यो आदेशले सँयौ घरहरुका संरचना भत्काएर पनि टुकुचालाई प्राकृतिक संरचनामा ल्याउने मेयर वालेन्द्र शाहको प्रयासलाई धक्का पुगेको छ । तर काठमाडौं महानगरपालिकाले डोजर चलाएको टुकुचा खोल्साको भूमिगत सुरूङ आजभन्दा १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको तथ्य भेटिएको छ।

नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं प्लाजाको सीमानासम्म पुर्‍याइएको छ। त्यसैले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा कहीँ कतै देखिन्न। राणा प्रधानमन्त्री वीरशमशेरको छाप लागेको एक दस्तावेजअनुसार बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङभित्र बगाएर माथि पुरिएको देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार