काठमाडौँ, असोज १ ।
नेपालमा आज पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ५९ हजार ५७३ संक्रमितको संख्या पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छ । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् ।
कोरोना संक्रमणबाट ४ जनाको निधन
गएको २४ घण्टामा नेपालमा पछिल्लो दिनहरुको तुलनामा केही कमको मृत्यु भएको छ । आज तीन महिला र एक पुरुष गरी ४ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा मोरंगकी ६४ वर्षीया महिला , काठमाडौँका ८७ वर्षीय पुरुष , चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोना र्सक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।