भक्तपुरको एक घरमा ३ जनाको शव फेला, घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  452 पटक हेरिएको

भक्तपुर, भदौ २६ ।  

भक्तपुरको एका घरमा तीन जना आफ्नै मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको जनाएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । सत्यतथ्य छानबिन गरी यथार्थ बाहिर ल्याउने प्रहरी स्रोतले जानकारी दिए । अहिले अनुसन्धान भईरहेकोले घटनाको यथार्थ बिबरण बाहिर आउन समय लाग्ने बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार