सिरहाका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल धनुषामा मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  518 पटक हेरिएको

जनकपुरधाम, भदौ २२ ।  

धनुषामा उपचार गराउन आएका सिरहाका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको आइतबार राति ८ बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित रहेको समेत जनाएको छ । कोरोना संक्रमणले मधुमेह र निमोनियाका बिरामीलाई बढी असर गर्ने देखिएको छ । हालसम्म संक्रमण हुने मध्ये मधुमेह र निमोनियाका बिरामीहरु बढी रहेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार