दार्चुला घटनाको छानबिन प्रतिबेदन गृहमन्त्रि खाँडलाई बुझायो, भारतीय एसएसबिको संलग्नता रहेको छानबिन समितिको ठहर

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  426 पटक हेरिएको

काठमाण्डौँ, भदौ १६ ।  

दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन्। प्रतिवेदनमा घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितमा घटेको देखिएको जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले समितिले एसएसबीको उपस्थितिमा घटना घटेको प्रतिवेदनमा जनाएको बताए।

उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस गरिएको उनले बताए। साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको उनले बताए। पीडित परिवारलाई सरकारका तर्फबाट पालपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सिफारिस गरेको उनले बताए।

दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए। सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार