माधव कुमार नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  980 पटक हेरिएको

काठमाडौं, भदौ २ ।   

नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार