संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, यस्तो छ साझा कार्यक्रमको पूर्णपाठ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  526 पटक हेरिएको

काठमाडौं, साउन २४ ।  

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकार गठन भएको लामो समयपछि संयुक्त सरकारले साझा कार्यक्रम सार्वजनिक गरेको हो । सिंहदरबारमा आइतबार अपराह्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई तथा जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

सरकारको साझा कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । कोभिड १९ को महामारीमा नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता कानूनी राज्यको प्रत्याभुति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरुसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गर्ने लगायत प्राथमिकतामा राखिएका छन् ।

त्यसैगरी सामाजिक आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च समन्वयायिक विकासमा जोड दिने विषयलाई पनि गठबन्धन सरकारले प्राथमिकतामा राखेको छ । सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्ने विषय पनि साझा कार्यक्रममा समावेश गरेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम यस्तो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार