पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  597 पटक हेरिएको

वीरगञ्ज, साउन २१ ।  

पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणबाट पर्सामा मात्र १३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ५९ जनाको कोरोना संक्रमणबाट निधन भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार