सिन्धुपाल्चोकको मेलम्चीमा आईतबार राति आएको पहिरोमा परी ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  867 पटक हेरिएको

सिन्धुपाल्चोक, साउन १९ । 

फाईल तस्बीर
फाईल तस्बीर

आइतबार राति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा पुरिएर आठजना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका एकजनालाई जीवितै उद्धार गरिएको छ भने आठजना वेपत्ता भएका छन्।

मेलम्ची नगरपालिका वडा ११ मा राति परेको भिषण वर्षासँगै पहिरो झरेको हो। मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष रुद्र प्रसाद दुलालले पहिरोमा पुरिएको एकजनालाई प्रहरीले जीवितै उद्धार गरिएको जानकारी दिए।

उनी भारतीय नागरिक हुन् । सिन्धुपाल्चोकमा यस अघि पनि लगातारको वर्षाबाट आएको पहिरोले बस्ती नै बगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार