एनआरएनए हङकङको आठौ अधिबेशन सम्पन्न, गोकर्ण ढकालको नेतृत्वमा पूर्ण कार्यसमिति सर्वसम्मत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  467 पटक हेरिएको

हङकङ, साउन १० । 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको नेतृत्वमा गोकर्ण ढकाल निर्वाचित भएका छन्। वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकाल आउँदो २०२१–०२३ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन्। आज भएको गैर आवासीय नेपाली संघ हङकङको राष्ट्रिय अधिबेशनबाट गोकर्ण ढकालको नेतृत्वमा २०२१-२०२३ कार्यकालको लागी सम्पूर्ण कार्यसमिति नै सर्वसम्मतिले निर्वाचित भएका हुन ।

आइतबार निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा कुनै पदमा दोहोरो उम्मेदवारी नपरेको जनाएको थियो । पूर्ण कार्यसमिति नै सर्वसम्मतिले चयन भएको २०२१-२०२३ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई आजै सपथग्रहण खुवाई अधिबेशन सम्पन्न गरीएको थियो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्माले पाएका छन्। त्यसैगरी सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन्। नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा निर्वाचित भएका छन् । हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् । नवनिर्वचित कार्यसमितिले निवर्तमान अध्यक्ष टिका गुरुङ राधिकालाई ससम्मानका साथ बिधाई गरीएको थियो । नयाँ कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार