अध्यादेश ल्याएर पार्टी बिभाजन नगर्न अपिल गर्दै नेम्बाङ्गले नवनियुक्त प्रधानमन्त्रि देउबालाई शुभकामना दिए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  131 पटक हेरिएको

काठमाडौं, साउन ८ ।  

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्रि के.पी शर्मा ओलिको अनुपस्थित रहेको थियो । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेबाट बैठक शुरु भएको छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिईरहेको छ । आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका उपनेता सुबास नेम्बाङ्गद्धारा शुभकामना दिएका थिए । शुभकामना सन्देश दिने क्रममा जनताको जनादेशलाई चुनौती दिदै सर्बोच्चको परमादेशबाट निर्माण भएको नेपाली काग्रेसको सभापति शेरबहादुर देउबाको सरकारलाई आगामी दिनमा सहयोग गर्ने बताएका छन ।

संबिधानको मर्म र भावना बिपरित प्रधानमन्त्रि भएका शेरबहादुर देउवा ज्युले पछिल्लो राजनितिक घटनाक्रम र सरकारको काम कारबाहीलाई पनि ध्यानमा दिएर काम गर्नुपर्ने बताएका छन । संबिधानको धारा ७६ ५ को अपब्याख्या गरी दलिय मुल्य, मान्यता र दलिय मर्यादा समाप्त पार्दै आफ्नो दलको ह्विप नलाग्ने, कारबाही गर्न नपाइने भन्ने अपब्याख्या गरेको छ त्यो असंबैधानिक भएको तर्क गरेका छन । एमाले नेता नेम्बाङ्गले पहिले आफैले गरेको गल्ती अध्यादेश मार्फत जसपा बिघटनमा लागेका ओलि सरकारको घटनाक्रम दोहारिने आशंका ब्यक्त गर्दै उक्त अध्यादेश ल्याएर नेकपा एमाले नै फुटाउने त होईन भन्ने भाबमा तर्क गर्दै त्यसो नगर्न अनुरोध समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार