नेकपा स्थायी समितिको बैठक पुन: स्थगित, सचिवालय बैठक शनिबारको लागि बोलाईयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  528 पटक हेरिएको

काठमांडौ, साउन २ । 

दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए। दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार