नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणबाट निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  486 पटक हेरिएको

एजेन्सी, साउन १ ।  

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक नेताको रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित रहेको पुष्टि भएको छ ।

उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् । कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताएका छन् । साथै उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् ।

स्रोत ; बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार