काठमाडौं, साउन १ ।
नेपाली कांग्रेसको स्थगित पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो । तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन । यसअघि बिहीबार बस्ने तय भएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण देखाउदैँ स्थगित गरिएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको जानकारी पत्रकारहरुलाई गराईएको थियो ।
बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।
आजको पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठकमा महाधिबेशन, पछिल्लो राजनितिक अबस्था र मन्त्रिपरिषद बिस्तारको बारेमा औपचारिक छलफल गर्ने पनि आकलन गरिएको छ । यस अघि ४ सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका प्रधानमन्त्रि शेर बहादुर देउबाले मन्त्रिपरिषदलाई पुर्णता दिनु पर्ने अबस्था पनि बाँकी रहेको छ ।