सिन्धुपाल्चोकको भोटेकोशी स्थित फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  633 पटक हेरिएको

सिन्धुपाल्चोक, साउन १ ।   

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु पाँचै जना महिला हुन् ।

गएराति साढे १ बजे आएको पहिरोले गेन्जिङ शेर्पाको घर पुरिँदा उनकी आमा, बहिनी, श्रीमती र दुई छोरीहरु पहिरोमा पुरिएका हुन् । गेन्जिङ चालक हुन् । काठमाडौं उपत्यकाबाहिर रहेका उनी पहिराले घर पुरेको खबर पाएपछि गाउँ फर्किँदै छन् ।

घटनास्थलमा रहेका स्थानीयवासी बुद्धि गुरुङका अनुसार पहिरोमा पुरिएको अर्को घर भने ङासम्बु शेर्पाको हो । त्यो घरमा भने कोही पनि बस्दैनथे ।

गुरुङका अनुसार प्रहरीहरु घटनास्थलमा पुगिसकेको छैनन् । गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले प्रहरीहरुलाई खबर गरेको र प्रहरी घटनास्थलमा जाँदै गरेको बताइन् । अहिले स्थानीयको उपस्थितिमा ऊद्दार तथा खोजी कार्य जारी रहेको गाऊँपालिका उपाध्यक्ष दाबुटी शर्पाले जानकारी गराईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार