काठमाडौं, असार ३० ।
अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० को सरुवा गृह मन्त्रालयले रोकेको छ । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका थिए। तर प्रहरी महानिरीक्षक शैलेश थापाले आफैंले बनाएको आचारसंहिता विपरित एक वर्ष नभइ उनको सरूवा गरेको भन्दै आलोचना भएको थियो । बालुवाटारले चाहिँ पालले विपक्षी गठनबन्धनलाई सहयोग गरेको आरोप लगाएको थियो ।
पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्कीको सरूवा गरिएको थियो । प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको थियो । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको थियो । नवनियुक्त गृहमन्त्रि खाँडले पछिल्लो बस्तुस्थितिको अवलोकन र अध्ययन पश्चात मात्र सरकारले आबश्यकताको आधारमा निर्णय लिने भएको जनाएको छ ।