काठमाण्डौं, असार ३० ।
नेपालमा पछिल्लो २४ घण्टामा आज एक सय १६ संक्रमित थपिएका छन् । देशभर २५ वटा प्रयोगशालामा ४ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
हाल सम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन् । आज ३४ जना मात्रै कोरोना जितेर घर फर्किएका छन् । अब क्वारेन्टाईनमा २४ हजार ७ सय १६ जना रहेका छन् भने ६ हजार ६ सय ९५ जना आईसोलेसनमा रहेका छन् ।