बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणका कारण हस्पिटल भर्ना

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  311 पटक हेरिएको

बलिउडका प्रसिद्ध सिने कलाकार सुपर स्टार अमिताभ बच्चनलाई शनिबार कोरोना भाईरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ। उनी आफैले ट्विटरमा आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन्। भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन उच्च रूपमा बढ़ीरहेको छ ।

बच्चनले आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार