उपत्यकामा नै भेटियो ३० जना संक्रमित, अनाबस्यक बाहिर ननिक्लन स्वास्थ्य मन्त्रालयको आग्रह

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  610 पटक हेरिएको

काठमांडौ, असार २१ । 

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार उपत्यकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार