तारकेश्वर नगरपालिका वडा न.९ बस्ने एक महिलाद्वारा आत्महत्या गरिन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  989 पटक हेरिएको

काठमाडौं, असार २० ।   

तारकेश्वर नगरपालिका वडा नं. ९ को बासुकीनाग टोलमा बसोबास गर्ने एक महिलाले आत्महत्या गरेकी छिन् । उदयपुर जिल्ला नरेगढी गाउँपालिका वडा नं. ३ स्थायी घर भएकी मृतक शर्मिला मगरले पासो लगाएर आत्महत्या गरेकी हुन । ३० वर्षिय मगर करिव ७–८ महिना अघिदेखि श्रीमानसँग छुट्टिएर एक्लै बस्दै आएकी थिइन । उनको एक छोरा माइतीमा रहेको छ । श्रीमान भने बानियाँटारको ढलमलमा बस्दै आएका छन् । उनीहरु दुबैजना ज्यामी काम गर्दैै आएका थिए ।

यहि असार ७ गतेदेखि बासुकीनाग टोलमा सटर लिएर तरकारी पसल सञ्चालन गर्दै आइरहेको बासुकी नाग टोल विकास समितिका अध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । पाठककाअनुसार जहिलेपनि बिहान ५ बजे खुल्ने पसल आज नखुलेपछि स्थानीयहरु हेर्न जाँदा झुण्डीएको दखेपछि प्रहरि र जनप्रतिनिधिलाई खबर गरेका थिए ।

तारकेश्वर वडा नं. ९ का वडा अध्यक्ष बलराम सिटौला तत्कालै घटनास्थल पुगेका थिए । घटनास्थलमा मृतकले फेसबुक लाइभ गरेर झुण्डीएको देखिन्छ । मृतकका नाताले छोरी पर्ने एकजना महिलाले मृतकको फेसबुक लाइभ राती आएको भएपनि नहेरेको बताइन । जहिले पनि राती फेसबुक लाइभ आउने गरेको हुँदा हिजो लाइभ आइरहेको तर आफुले वास्ता नगरि सुतेको हुँदा बिहान यस्तो घटना सुन्न परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार